लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
घरेलु तथा साना उद्योग कार्यालय
अर्घाखाँची

        Loading...
nepal

हाम्रो बारेमा

घरेलु तथा साना उद्योग कार्यालयको स्थापना वि.स‌ं. २०४४ सालमा स्थापना रहेको थियो । स्थापना कालदेखि यो कार्यालय विभिन्न नामबाट सञ्चालन हुँदै आएको थियो ।  विक्रम संम्बत २०४९ साल तिरदेखि घरेलु तथा साना उद्योग विभागले सम्पादन गर्ने कार्यहरुको कार्य जिल्लास्तरबाटै सम्पादन गर्न घरेलु तथा साना उद्योग विकास समितिको रुपमा नाम परिवर्तन भयो । नेपालमा जब संघिय शासन व्यवस्था लागु भयो त्यसको कार्यान्वयनको क्रममा संघ अन्तरगत रहेको यो कार्यालयलाई प्रदेशमा हस्तान्तरण भयो र अहिले लुम्बिनि प्रदेशको उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्रालयको मातहतको कार्यालयको रुपमा रहेको छ । लामो समयसम्म घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीको रुपमा रहँदै आएकोमा प्रदेशलाई हस्तान्तरण भए पस्चात अहिले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको रुपमा नामकरण भई दैनिक सेवा प्रवाह गरेको छ । स्थापना कालदेखिनै यो कार्यालयले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन गर्नका लागि आवश्यक प्रवर्द्धनात्मक कार्यहरु गर्दै आएको छ । स्थानिय कच्चा पदार्थ र परम्परागत शिप र प्रविधिको प्रयोग गरी लघु, घरेलु तथा साना उद्योगहरुको विकास विस्तार प्रवर्द्धन मार्फत यसले देशको औद्योगिककरणमा टेवा पुर्‍याउँदै आएको छ । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले स्थानिय सिप र प्रविधिमा आधारित विभिन्न व्यवसायिक शिपमूलक तालिम प्रदान गर्ने र बेरोजगार र निम्न आए भएका नागरिकहरुलाई रोजगारीका लागि आवश्यक शिप प्रदान गर्ने, तलिम पश्चात नयाँ उद्यमी सृजना गरी उद्योगिकरणमा प्रदेश सरकारलाई सहयोग गर्ने र बेरोजगारहरुलाई स्वरोजगार बनाई गरिबीको रेखामूनी रहेका मानिसहरुलाई माथी उठाउने कार्य गर्दछ । यस कार्यालयले लघु,घरेलु तथा साना उद्योगहरुको दर्ता, नबीकरण,ठाउँसारी, नामसारी,पूँजी वृद्धि,क्षमता वृद्धि लगाएत उद्योग प्रशासनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्दछ । यस कार्यालयले लघु, घरेलु तथा साना उद्योगहरुको स्थापना तथा प्रवर्द्धनका लागि आवश्यक मेसिन औजार पनि उद्योगीहरुलाई अनुदानमा प्रदान गर्दछ भने यस्ता उद्योगहरुको विकास र प्रवर्द्धनका लागि विभिन्न छुट, सहुलियतहरुको लागि पनि विभिन्न निकायहरुलाई सिफारिस गर्ने कार्य गर्दछ । यति मात्र नभई घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले बाणिज्य प्रशासन अन्तरगतका कार्यहरु पसलहरुको दर्ता,नविकरण , नामसारी लगाएका कार्य गरी प्रदेश सरकारलाई राजश्व संकलनमा सहयोग गर्दछ । उद्योग तथा वाणिज्य पसलहरुको अनुगमन गरी उपभोक्ताहरुको हितको संरक्षण पनि यस कार्यालयले गर्दछ ।