औधोगिक व्यवसाय ऐनले उद्योगलाई घरेलु उद्योग , साना उद्योग , मझौला उद्योग र ठूला उद्योगको रुपमा स्थापना गर्न पाउने गरी देहाय बमोजिम उद्योगको प्रकार निर्धारण गरेको छ :
घरेलु उद्योग |
साना उद्योग | मझौला उद्योग | ठूला उद्योग |
ऐनको दफा ४ संग सम्बन्धित ऐनको अनुसूची १ अनुसार देहाय बमोजिमका उद्योगहरुलाई घरेलु उद्योग भनि परिभाषित गरिएको छ । १. विशेष रुपमा उल्लेख गरेकोमा बाहेक माथिका उद्योगहरुमा सञ्चालित मेशिनले कूल पाँच किलोवाटभन्दा बढी विद्युत् मोटर वा डिजल वा पेट्रोल वा क्रुडआयल इन्जिन शक्ति प्रयोग गरेको हुनु हुँदैन । यस पर्रिपेक्षमा पावरलूम घरेलु उद्योग अर्न्तर्गत पर्दैन । २.मेशिनबाट ऊनी धागो कात्ने तथा मेशिनबाट ऊनी गलैंचा उत्पादन गर्ने उद्योगहरुको स्थापनार्थ अनुमति लिनु पर्नेछ । ३. तर औद्योगिक प्रबर्दन वोर्डको मिति ०५७।२।२६ मा वसेको १५४ औं वैठकको निणय नं . २ मा " मेशिनवाट उनी धागो उत्पादन गर्ने उद्योग स्थापना गर्न इजाजत प्रदान गर्नेसम्वन्धि प्रस्तावमा छलफल हुंदा यस्ता उद्योगहरुवाट नेपालको गलैंचा उद्योगहरुमा पर्न सक्ने नकारात्मक प्रभाव समेतलाई दृष्टिगत गरी नयां इजाजत प्रदान नगर्ने नीति लिने " निणय भएको छ । ४. चुरोट , विडी , सिगार , खाने सुर्ति , खैनी र सुर्ती मुख्य कच्चा पदार्थ हुने यस्तै प्रकारका अन्य वस्तु उत्पादन गर्ने उद्योग , मदिरा वा वियर उत्पादन गर्ने उद्योगको स्थिर जेथा दुइ लाख रुपैया मात्र भए पनि कुटिर उद्योग अर्न्तर्गत पर्ने छैनन् । ५. घरेलु उद्योगमा वर्गिकृत उद्योगले ५ कि . वा . भन्दा बढी विद्युत शक्ति प्रयोग गरेमा पूंजीको आधारमा साना / मझौला / ठूला उद्योगको वर्गमा दर्ता गर्न सकिने । |
१. ऐनको दफा ५ अनुसार तीन करोड रुपैयाँसम्म स्थिर जेथा भएको उद्योग । | १. ऐनको दफा ६ अनुसार तीन करोड रुपैयाँभन्दा बढी दश करोड रुपैयासम्म स्थिर जेथा भएको उद्योग । | १. ऐनको दफा ७ अनुसार दश करोड रुपैयाँभन्दा बढीको स्थिर जेथा भएको उद्योग । |